Home : : बागमती प्रदेशले बनाएका विधेयक अन्य प्रदेशका लागि पनि अनुकरणीय होऊन् : डा. देवकोटा


बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बागमती प्रदेशले बनाएको कृषिसम्बन्धी विधेयक केन्द्रमा रहेको नास्टसँग लिङ्केज हुन नसकेको बताएका छन् । आइतबार बागमती प्रदेशसभामा विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । कृषिसम्बन्धी विधेयकमा नास्टलाई लिङ्केज गर्न नसक्दा हामीले बनाएका ऐन तथा कानुन कार्यान्वयन हुन्छन् वा हुँदैनन् भनी चुनौती भएको उनले बताए । विज्ञान र प्रविधिको प्रवद्र्धन गर्नका लागि प्रदेशमा रहेका शैक्षिक संस्थाहरुमा विज्ञान शिक्षक, ल्याबको उपलब्धताबारे विधेयकमा उल्लेख नभएको बताए । निर्देशक समिति बनाइएको, तर प्राज्ञको अभाव रहेको उनको भनाइ थियो । उनले भने, ‘ निर्देशक समितिमा प्राज्ञ छनोट गर्दा पार्टीभन्दा पनि माथि उठेर विज्ञहरुको सामिप्यतामा रहेर काम गर्ने एउटा कल्चर बसाल्न सक्नुपर्छ ।’ विधेयक समयसापेक्ष रहेको बताउँदै उनले विधेयकले युवायुवतीहरुलाई जोड्नुपर्ने कुरा पनि विधेयकले समेटन् नसकेको उनको भनाइ थियो । बागमती प्रदेशले बनाएका विधेयक अन्य प्रदेशले अनुकरणीय हुनसक्नुपर्ने उनको भनाइ थियो ।

समाचारहरु

कार्यक्रमहरु