Home : : वर्तमान सरकार देश र जनताप्रति जवाफदेही छैनः भानुभक्त ढकाल


नेकपा एमालेका नेता, पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। 

काठमाडौँमा आयोजित नेकपा एमाले निकट बुद्धिजीवि परिषद् चौथो केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारले देशप्रति नभएर अमुक शक्तिको हितमा लागेको आरोप लगाएका हुन्। 

उनले भने,‘तपाईं हामी सबै जानकार नै छौँ। राज्य अहिलेको सरकार भनेको नेपालप्रति नेपाली जनताप्रति कुनै जवाफदेहिता बाकेको सरकार छैन। यो बनाउँन पनि अरुले नै बनाएको छ। सेवा पनि अरुकै निम्ति समर्पित भएर लागेको छ। यसले कुनै काम गर्दैन नहुने र नगर्नुपर्ने काम चाँहि खोजि खोजि गरिरहेको छ।’

उनले सरकारले विचार, संगठन, नेतृत्वले र अनुभवले हिजो अवसर पाउँदा क्षमता देखाएका शक्तिहरुलाई पनि आज ओझेलमा पार्ने काम गरेको आरोप लगाए। उनले भने,‘यस्तो सरकार हुँदाहुँदै पनि तपाईं हाम्रो विचारले, संगठनले, नेतृत्वले र  अनुभवले हिजो अवसर पाउँदा काम गर्ने क्षमता देखाएका शक्तिहरुलाई पनि आज ओझेलमा पारिएका छन्। तिनिहरुलाई घेराबन्दीमा राखिएको छ। यो घेराबन्दीबाट उकास्ने बिषयहरु के हुन्छन् खोज्नुपर्छ।’

त्यस्तै एमाले बुद्धिजिवी परिषदका अध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटाले एमालले सरकार छोडेपछि नेपालको अर्थतन्त्र बिग्रिएर गएको आरोप लगाए।उनले भने ‘मूलुकको राष्ट्रियताको सवालमा नेकपा एमाले बलियो शक्ति बन्न सकेन भने राष्ट्रियता खराब हुन सक्छ। एमालले सरकार आज अर्थतन्त्रलाई सुधारने क्रममा हिजो हामीले सरकार छोडेपछि आज त्यो स्थिति बिग्रेर गएको छ। अझै धेरै कुरा सुधार्न आवश्यक छ।’
केन्द्रबिन्दुबाट

समाचारहरु

कार्यक्रमहरु