Home : : वैदेशिक सहयोग लिँदा सजग हुनुपर्छ : डा. दीनेशचन्द्र देवकोटा


काठमाडौं । नेपाल बुद्धीजीवी परिषदका अधक्ष तथा बागमती प्रदेशका सांसद डा. दीनेशचन्द्र देवकोटाले धनी मुलुकले स्वार्थगत रुपमा सहयोग गर्ने गरेको बताउँदै सजग रहनुपर्ने बताएका छन् । राजधानीमा भएको ‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै पनि धनी राष्ट्रले आर्थिक भौतिक सहयोग गर्दा उसका स्वार्थ हुने भएकाले त्यसमा हामी सजग रहनुपर्छ,’ उनले भने । यस्तै, वैदेशिक सम्बन्ध केन्द्रका अध्यक्ष डा. राजेन्द्र चापागाईंले विश्व शक्ति एसियातिर सिफ्ट हुन थालेको र नेपालका दुई ठुला छिमेकी राष्ट्र भारत र चिनले अन्तर्राष्ट्रिय स्तरमा ठुलो फड्को मारिसकेकाले नेपालले त्यसको फाइदा उठाउन सक्नुपर्ने उल्लेख गरे । त्यसैगरी, डा. मास्केले र डा. शाक्यले विश्व अहिले द्वन्द्वको भुमरीमा फस्दै गएकाले नेपालले शान्तिको कुटनीति गर्नुपर्ने बताए भने डा. दिनेश भट्टराईले नेपालको भूराजनीतिक परिवेश संवेदनशील भएकाले यसलाई मध्यनजर गर्दै नेपालले फाइदा उठाउन सक्नुपर्ने बताए ।

समाचारहरु

कार्यक्रमहरु