Home : : बुद्धिजीवी परिषद इन्चार्जको जिम्मा विद्या भट्टराईलाई


काठमाडौं । नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्र्चाजको जिम्मेवारी पार्टीको केन्द्रीय सदस्य विद्या भट्टराईलाई दिएको छ । भर्खरै मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले अहिले देशभरका संगठन र जनसंगठनहरूको नेतृत्व परिवर्तन गरेको छ ।

यसै क्रममा पार्टीले भट्टराईलाई नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारीमा पठाएको हो । परिषदको अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा रहेका छन् ।

 

भट्टराईभन्दा अगाडी परिषद्को इन्चार्ज मनोजजंग थापा थिए । पार्टीले उनलाई अन्तै जिम्मेवारी तोकेको छ । परिषदले नयाँ इन्चार्जलाई स्वागत गरेको छ । परिषदले नयाँलाई स्वागत र पुरानालाई बिदाई कार्यक्रम गरेको अध्यक्ष देवकोटाले जानकारी दिए ।

उनले थापालाई विदाई गर्दै उनीसँगको काम गर्दाको रमाइलो क्षणहरूको स्मरण गरे । उनले थापाको आवश्यकता परिषदमै भएपनि पार्टीले अन्तै आवश्यकता महसुस गरेकाले अन्त जानुपरेको देवकोटाले बताए ।

थापा भूगोलको राजनीति गर्न सिन्धुली जान लागेको भन्दै देवकोटाले थप राजनीतिक सफलताको शुभकामना समेत दिए । देवकोटाले परिषदलाई दिएको योगदान जस्तै भूगोलमा पनि थापाले योगदान गर्ने आशा व्यक्त गरे ।

निवर्तमान इन्जार्च थापाले परिषदले सबै जिल्लामा संगठन बनाएर केन्द्रीय महाधिवेशन गर्न सफल हुनु सराहनीय काम भएको बताए । परिषदको ४ दिन लामो भएको अधिवेशनबाट विकासलाई मौलिकतामा लैजाने मोडल विकास गर्नुपर्ने परिषदको निष्कर्ष महत्वपूर्ण रहेको थापाले बताए । थापाले परिषदले आगामी दिनमा विचार र सिद्धान्तलाई बढी ध्यान दिएर अगाडी बढ्न पनि सुझाव दिए ।

कास्कीको सहइन्चार्जको जिम्मेवारी पुरा गरिसकेकी भट्टराईले आफूलाई पार्टीले परिषदको इन्चार्जको जिम्मेवारी दिएपनि परिषदको अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई अभिभावक ठानेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पार्टीले फरक क्षेत्र र भूगोलका ज्ञान प्राप्त गर्दा मात्र नेता परिपक्क हुने नीति अन्र्तगत सबै नेताहरूको जिम्मेवारी हेरफेर गरिएको भट्टराईले बताइन् ।

थापा इन्जार्च भएर आएको १७ महिना ९ दिन भएको स्मरण गर्दै परिषदको महासचिव गजेन्द्र थपलियाले उक्त समयमा प्रतिकुल अवस्था रहेको बताए । थापाले परिषदको प्रतिकुल अवस्थालाई अनुकुल अवस्थामा ल्याएको थपलियाले स्मरण गरे ।

समाचारहरु

कार्यक्रमहरु