Home : : हाम्रो बारेमा

 २०४६ सालको जनआन्दोलनको सफलतापश्चात परिवर्तित राष्ट्रिय सर्न्दर्भमा प्रजातन्त्रको स्थापनाका लागि सङ्र्घष्ारत प्रगतिशील प्रजातान्त्रिक र देशभक्त बुद्धिजीवीहरुको भूमिकालाई निश्चित गर्ने उद्धेश्यले २०४७ साल बैशाख ३० र ३१ काठमाडौंको नरदेवीस्थित जलजला स्कुलमा विभिन्न क्षेत्रका करिब ९० जना बुद्धिजीवीहरुको  विचमा सम्पन्न २ दिने भेलाले बामपन्थी बुद्धिजीवीहरुको एउटा स्वतन्त्र संगठन निर्माण गर्ने निर्ण्र्ााभई बुद्धिजीवीहरुको राष्ट्रिय भेला आयोजक समिति गठन गरेको थियो ।

सोही बमोजिम २०४७ साल मंसीर २३ गते प्रथम राष्ट्रिय भेला भई नेपाल बुद्धिजीवी परिषद् तदर्थ समितिको स्थापना भएको हो । नेपाल बुद्धिजीवी परिषद् समतामूलक, समुन्नत, प्रजातान्त्रिक नेपालको निर्माणमा द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणमा आस्था राख्ने प्रगतिशील, प्रजातान्त्रिक तथा देशभक्त बुद्धिजीवीहरूको साझा संस्था हो ।

समाचारहरु

कार्यक्रमहरु