
डा. टीका ढकाल
केन्द्रीय कार्य समिति
सचिव प्रचार
आदरणीय बुद्धिजीवी सर /मेम हरु तथा बौद्धिक ब्याक्तित्वहरु नेपाल बौद्धिक परिषद् एउटा संस्थागत संरचना मात्र होइन, विचार, चेतना र दायित्वको साझा धरोहर हो। बौद्धिकता यदि समाजसँग विच्छेद हुन्छ भने त्यो केवल पुस्तकमै सीमित हुन्छ; तर जब बौद्धिकता जनजीवनसँग जोडिन्छ, तब त्यो परिवर्तनको दिशानिर्देशक शक्ति बन्छ। म प्रचार सचिवको रूपमा परिषद्को वैचारिक दृष्टि, सामाजिक जिम्मेवारी र रूपान्तरणकारी विचारलाई सार्वजनिक विमर्शको केन्द्रमा पुर्याउन प्रतिबद्ध छु। सत्य, तर्क र विवेकका आधारमा राष्ट्रलाई समुन्नतिको बाटो देखाउनु नै हाम्रो बौद्धिक अभियान हो।