Intellectual Council

अध्यक्षको तर्फबाट

ई. गजेन्द्र प्रसाद थपलिया
अध्यक्ष, नेपाल बौद्धिक परिषद्

प्रिय साथीहरू,

नेपाल बौद्धिक परिषद् राष्ट्रिय जीवनका विविध क्षेत्रमा संलग्न विज्ञ, बुद्धिजीवी तथा सरोकारवालाहरूको साझा थलो हो। हाम्रो लक्ष्य देशलाई समृद्ध र स्थिर बनाउन आवश्यक विचार, अनुसन्धान र सुझावलाई नीतिगत तहमा पुर्‍याउने हो।

म दृढ विश्वास गर्दछु राष्ट्रलाई अगाडि बढाउन राजनीतिक इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। विज्ञ र बौद्धिक समुदायको विचारलाई सुनिनु मात्र नभई व्यवहारमा उतारिनु अपरिहार्य हुन्छ। परिषद् यसै उद्देश्यका लागि स्थापित भएको हो,ताकि हामीले हाम्रो समाज, राजनीति, अर्थतन्त्र र संस्कृतिसम्बन्धी प्रश्नहरूमा गहन बहस र समाधान खोज्न सकौं।

हामी निरन्तर बौद्धिक संवाद, अध्ययन,अनुसन्धान र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छौं। आगामी दिनमा अझ सशक्त ढंगले योगदान दिने हाम्रो प्रतिबद्धता रहेको छ। परिषद्को यात्रामा तपाईंहरूको सहभागिता, सहयोग र सुझाव हाम्रो लागि ऊर्जा र प्रेरणाको स्रोत हुनेछ।

धन्यवाद।

sandesh