Intellectual Council

केन्द्रीय पूर्ण बैठक

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कार्यसमितिको चौथो बैठक सम्पन्न

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कायसमितिको चौथो बैठक परिषद्का अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाको अध्यक्षता, नेकपा (एमाले)केन्द्रीय कमिटी सदस्य,पूर्व राजदुत तथा नेबुपका इन्चार्ज टंक कार्कीको प्रमुख आतिथ्यमा एवं नेबुपका उपमहासचिव सिद्धिश्वरमान श्रेष्ठको संचालनमा काठमाडौं स्थित एयरपोर्ट होटेलमा २०७४ भाद्र १७ गते शनिवार सम्पन्न भयो । बैठकमा प्रमुख अतिथि टंक काकीले समसामयिक राजनीतिक अवस्था, वुद्धिजीवी परिषद्ले खेल्नु पर्ने भूमिका तथा राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)ले निर्वाह गरेको भूमिका, आसन्न स्थानीय, प्रदेश र संघको निर्वाचनका बारेमा पार्टी धारणा तथा बुद्धिजीवी परिषद्ले निर्वाह गर्नु पर्ने दायित्वका वारेमा मन्तव्य एवं निर्देशन दिनु भएको थियो । परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपाल बुद्धिजीवी परिषद् आसन्न निर्वाचनहरुमा पार्टीलाई वहुमत सहित पहिलो शक्तिका रुपमा स्थापित गर्न सम्पूर्ण शक्तिका साथ परिचालित हुने र त्यसका लागि बैठकले ठोस योजना वनाई सम्पूर्ण बुद्धिजीवीहरुलाई परिचालन गर्ने वारेमा धारणा राख्नु भएको थियो । साथै उहाँले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणमा बुद्धिजीवीहरुको विशेष योगदानको चर्चा गर्दै समयले काँधमा ठूलो जिम्मेवारी सुम्पिएकाले सोही अनुरुप जिम्मेवारी निर्वाह गरी अघि बढ्न तमाम वुद्धिजीवी वर्गलाई आव्हान समेत गर्नु भएको थियो । वैठकमा कार्यवाहक महासचिव केवी खड्काले तेस्रो वैठकदेखि चौथो वैठकसम्मका सांगठनिक कार्य प्रगति प्रतिवेदन, भावी कार्ययोजना तथा विगतको कामको समीक्षा एवं समसामयिक राजनीतिका वारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कोषाध्यक्ष ई. गिरिधर मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी दुवै प्रतिवेदनहरु पारित गरियो । बैठकमा वरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवरले प्रमुख अतिथि, नेबुपका पदाधिकारी लगायत केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै नेबुपको विभिन्न जिम्मेवारीमा रहनुभएका सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवरी वोध गरी नेबुपलाई अझ वढी चलायमान बनाई परिणाममुखी काम गर्न आग्रह गर्नु भएको थियो ।

प्रदेश नं. १ को तर्फबाट सहसंयोजक नारायण कटुवाल, प्रदेश नं. २ को तर्फबाट उपाध्यक्ष प्रा.डा. रामखेलावन शाह, प्रदेश नं. ३ को तर्फबाट उपाध्यक्ष प्रा.डा मदन कोइराला, प्रदेश नं. ४ को तर्फबाट उपाध्यक्ष सीराराम घले परियार, प्रदेश नं. ५ को तर्फबाट उपाध्यक्ष वासुदेव अर्याल, प्रदेश नं. ६ को तर्फबाट सहसंयोजक गोविन्दबहादुर शाही र प्रदेश नं. ७ को तर्फबाट उपाध्यक्ष कलावती जोशीले प्रदेश तथा सम्बन्धित जिल्लाहरुमा सम्पन्न कार्यक्रमहरु, भावि योजना तथा कार्य प्रगतिका बारेमा बैठकमा रिपोटिङ्ग गर्नु भएको थियो । बैठकमा तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने उपाध्यक्ष सत्यनारायण शाह लगायतका केन्द्रीय सदस्यहरुले तराई मधेसको वर्तमान परिस्थिति, आसन्न निर्वाचनहरु, पार्टीको अवस्था तथा बुद्धिजीवीहरुले निर्वाह गर्नु पर्ने दायित्व तथा भूमिकाका वारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा उपाध्यक्ष प्रा.डा. इन्दू आचार्यले आफ्ना विचार तथा धारणा राख्नु भएको थियो ।