Intellectual Council

वैदेशिक सहयोग लिँदा सजग हुनुपर्छ : डा. दीनेशचन्द्र देवकोटा

काठमाडौं । नेपाल बुद्धीजीवी परिषदका अधक्ष तथा बागमती प्रदेशका सांसद डा. दीनेशचन्द्र देवकोटाले धनी मुलुकले स्वार्थगत रुपमा सहयोग गर्ने गरेको बताउँदै सजग रहनुपर्ने बताएका छन् । राजधानीमा भएको ‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै पनि धनी राष्ट्रले आर्थिक भौतिक सहयोग गर्दा उसका स्वार्थ […]

समृद्ध नेपाल निर्माणमा बुद्धिजीवीको भूमिका

बुद्धिजीवी भन्नेबित्तिकै बौद्धिकताको क्षेत्रमा काम गर्ने व्यक्ति भन्ने कुरा झल्कन्छ । नेपालको इतिहास अध्ययन गर्ने हो भने नेपाल राज्य कहिल्यै कसैको उपनिवेश नभई आफ्नो वीरता प्रदर्शन गरी आफ्नो शानका साथ छिमेकीसँग सम्बन्ध राखेर अगाडि बढेको राष्ट्र हो । विभिन्न खालको राजनीतिक व्यवस्था व्यहोर्दै र राजनैतिक परिवर्तन गर्दै आएका नेपाली जनता समृद्ध र आर्थिक रूपले सम्पन्न […]

बुद्धिजीवी परिषद इन्चार्जको जिम्मा विद्या भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्र्चाजको जिम्मेवारी पार्टीको केन्द्रीय सदस्य विद्या भट्टराईलाई दिएको छ । भर्खरै मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले अहिले देशभरका संगठन र जनसंगठनहरूको नेतृत्व परिवर्तन गरेको छ । यसै क्रममा पार्टीले भट्टराईलाई नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारीमा पठाएको हो । परिषदको अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा रहेका छन् । भट्टराईभन्दा अगाडी […]

बागमती प्रदेशले बनाएका विधेयक अन्य प्रदेशका लागि पनि अनुकरणीय होऊन् : डा. देवकोटा

बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बागमती प्रदेशले बनाएको कृषिसम्बन्धी विधेयक केन्द्रमा रहेको नास्टसँग लिङ्केज हुन नसकेको बताएका छन् । आइतबार बागमती प्रदेशसभामा विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । कृषिसम्बन्धी विधेयकमा नास्टलाई लिङ्केज गर्न नसक्दा हामीले बनाएका ऐन […]

बजेटअघि श्वेतपत्र ल्याउनुपर्‍यो

आर्थिक संकटबाट मुलुकलाई जोगाउन कस्तो बजेट बन्नुपर्छ ? बजेट बनाउनुअघि अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गर्नुपर्छ। हाम्रो स्टाटस के हो ?, हामी कहाँ छौं ? सहकारीको हालत के छ ? कुल गार्हस्थ्य उत्पादनमा ग्रोथ रेट के छ ? श्वेतपत्रमा आउनुपर्छ।   हाम्रोमा पुँजीगत खर्च भएको छैन। अब बाँकी तीन महिनामा पुँजीगत खर्च धेरै नै गर्नुपर्ने अवस्था छ। […]

बुद्धिजीवी परिषद्ले गर्यो एमालेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा गरेको छ । परिषद्को आयोजनामा काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजन गर्दै अभियानको समीक्षा गरेकोे हो । ‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो । कार्यक्रम प्रमुख अतिथिको रूपमा […]

४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ : महासचिव पोखरेल

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा समीक्षा गरेको छ । परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो । ‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो । कार्यक्रम प्रमुख अतिथिको रूपमा उपस्थित महासचिव शंकर पोखरेलले यो […]

एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउन ‘ग्रासरुट अभियान’ : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी सञ्चालन गरिरहेको ‘ग्रासरुट अभियान’ एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउनका लागि भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित काठमाडौं गोरखा सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन्। पछिल्लो समय पार्टी सञ्चालन प्रणालीमा सुधार आवश्यक देखिएका कारण अभियान गर्नु परेको उनको भनाइ थियो। पार्टी भित्र बुर्जुवा करण हुँदै गएको र त्यसलाई परास्त गर्दै […]

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गर्नुभयो । बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न […]

महिलाले अठोट गरे राज्यका सबै तहमा समान सहभागिता

राज्यका हरेक निकायमा महिलाहरूले अठोट गरे सबै काम गर्नसक्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद महिला विभागको आयोजनामा काठमाडौंमा गरिएको ‘राष्ट्रिय विकासमा महिलाको पहुँज र सहभागिता’ सम्बन्धी बहसमा सहभागीहरुले संविधानले नै महिलालाई पूर्ण अधिकार दिएकाले महिलाले अठोट गरे राज्यका सबै तहमा समान सहभागिता हुने बताएका हुन् । महिला […]