Intellectual Council

अध्ययन केन्द्र तथा विभागका बैठकहरु

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय योजना तथा अनुगमन विभागको मिति २०७४ साउन ३२ गते विभागका संयोजक एवं नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कार्य  समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवरको अध्यक्षता र  नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाज्यूको प्रमुख अतिथ्यतामा बसेको सातौं बैठकले बाढी पिडित सहयोग, ने बु प केन्द्र तथा बिभागहरुका आगामी कार्य योजना र भाद्र ४ गते हुने गोष्ठी बारे निर्णय गर्दै नेबुप केन्द्रीय कार्य  समितिका  उपाध्यक्ष एवं प्रदेश नं. २ का इन्चार्ज प्रा.डा. रामखेलवान शाहको संयोजकत्वमा निम्न अनुसारको बाढी पिडित उद्धार तथा राहत समन्वय समिति गठन गरियो ।
प्रा.डा. रामखेलवान शाह       संयोजक
सत्यनारायण शाह               सल्लाहकारको भूमिका
कविता लुइटेल                    सचिव
गिरिधर मिश्र                         सदस्य  
रामशरण लुईटेल                   सदस्य
डा. ईला श्रेष्ठ                           सदस्य
सम्बन्धित प्रदेशका सम्पूर्ण केन्द्रीय सदस्यहरु तथा सम्बन्धित जिल्लाका जिल्लाकार्य समितिका अध्यक्षहरु ।
सो बैठकमा भिमदत्तनगर नगरपालिका का नगरप्रमुख सुरेन्द्र विष्टलाइ बधाई तथा शुभकामना प्रदान गरियो।